सुन र चाँदीको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदै छ कारोबार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २८

काठमाण्डौँ । सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड कायम गरेको छ । सोमबार सुनको मूल्य ४ हजार १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य २ लाख ७४ हजार ७०० रुपैयाँ तोकेको हो । अघिल्लो दिन यस्तो मूल्य २ लाख ७० हजार ६०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य समेत प्रतितोला २ सय ९५ रुपैयाँले बढेको छ । आइतबार ४ हजार ९ सय ९० रुपैयाँ रहेको चाँदी आज ५ हजार १ सय ९५ रुपैयाँ पुगेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *