|
२०८२ पुष २८
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज पुस २८ गते फेरि पनि २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ६’ जारी गर्न लागेको हो। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन् ।
आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ ।
यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ । यो ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ ।
एकवर्षे अवधिको यो ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २८ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्