२७ देखि ४६ वर्ष उमेर समूहको खर्चभन्दा आम्दानी बढी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २५

काठमाण्डौँ । नेपालको जीवनचक्र खाता अनुसन्धानले २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिहरूको आम्दानी खर्चभन्दा बढी रहेको देखाएको छ।

यस उमेर समूहमा जीवनचक्र नाफा देखिएको छ। समग्रमा भने नेपालीको श्रम आम्दानी भन्दा १५ खर्ब २७ अर्ब बढी खर्च हुने गरेको देखिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा २०२१/२२ मा प्रति व्यक्ति श्रम आम्दानी लगभग ८७ हजार ८१४ रूपैयाँ पुगेको छ।

यसमा ६९ प्रतिशत तलब र ज्यालाबाट प्राप्त भएको छ भने ३१ प्रतिशत स्वरोजगारबाट आम्दानी भएको छ।

तथापि, २५ देखि ६४ वर्ष उमेर समूहको तलब र ज्यालाको हिस्सा सबैभन्दा ठूलो (७१ प्रतिशत) रहेको छ, जुन ६५ वर्ष र माथिको वृद्ध जनसंख्यामा ३५ प्रतिशत मात्र छ।

२७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिहरू आर्थिक बचत गर्ने अवस्थामा छन् भने, २४ वर्ष र ६५ वर्ष र माथिका समूहमा भने जीवनचक्र घाटा देखिएको छ।

यसले युवा र वृद्ध उमेर समूहका व्यक्तिहरूको खर्च आम्दानीभन्दा बढी छ, जसको कारण तिनीरूले आर्थिक संकट झेल्नुपरेको देखाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *