मंगलबार सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँ बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
पुस २२, २०८२

काठमाण्डौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ ।

सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम थियो । मंगलबार भने बढेर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार ६ सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *