|
२०८२ पुष ९
काठमाण्डौँ । चिलिमे हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
सोमध्ये ८ प्रतिशत बोनस सेयर रहेको छ भने ४ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सो प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।
यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्