|
पुस ९, २०८२
काठमाडौं, पुस ९ — नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। अमेरिकी डलर एकको खरिददर १४३.१५ रुपैयाँ र बिक्रीदर १४३.७५ रुपैयाँ कायम गरिएको छ।
युरो, पाउण्ड, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलरसहित अन्य प्रमुख विदेशी मुद्राको दर पनि निर्धारण गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०.१५ रुपैयाँ तोकिएको छ।
राष्ट्र बैंकका अनुसार यी दर आवश्यक परे जुनसुकै समयमा संशोधन हुन सक्नेछ भने वाणिज्य बैंकका दर फरक हुन सक्नेछन्। अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुनेछ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्