सरकारलाई एनसेलले अहिलेसम्म साढे ३ खर्ब बढी राजस्व बुझायो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ८

काठमाण्डौँ । निजी लगानीको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अहिलेसम्म सरकारलाई साढे ३ खर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाएको छ ।

एनसेलले गत आर्थिक वर्ष २०८१र८२ सम्म राज्यलाई उक्त परिमाण बराबर कर बुझाएको तथ्यांकमा देखिन्छ । कम्पनीले सरकारलाई बुझाएको राजस्व रकम सरकारले एक आर्थिक वर्षमा विनियोजन गर्ने पूँजीगत बजेटभन्दा माथि हो ।

सरकारले गत आव पूँजीगत बजेट ३ खर्ब ५३ अर्ब विनियोजन गरेको थियो । तथ्यांक अनुसार एनसेलले गत आवसम्म ३ खर्ब ५७ अर्ब ५९ करोड ९४ लाख रुपैयाँ कर बुझाएको तथ्यांक छ ।

एनसेलले हरेक वर्ष राज्यलाई अर्बौं रुपैयाँ कर बुझाएको छ । एनसेलले मुलुकभरि १ लाखभन्दा बढी प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गरेको कम्पनीको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *