अमेरिकी डलरको भाउ फेरि बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ८

काठमाडौं — नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मंगलबारको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा तोकिएको छ, जुन सोमबारको तुलनामा बढी हो।

राष्ट्र बैंकका अनुसार युरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयांकलगायत अन्य विदेशी मुद्राको विनिमयदर पनि निर्धारण गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम छ।

केन्द्रीय बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला संशोधन हुन सक्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *