सोमबार दोहोरो अंकले घट्यो सेयर बजार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ७

काठमाण्डौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १३ दशमलव ८८ अंकले घटेर २५८१ दशमलव २१ को विन्दुमा पुगेको हो ।

सोमबार ३३२ कम्पनीका ६५ हजार ३१२ पटकको कारोबारमा ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा कारोबार रकम ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको छ ।

५४ कम्पनीको सेयर मूल्य बढ्दा दुई सय कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ । आज लुम्बिनी विकास बैंकको सर्वाधिक कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *