रिलायबल नेपाल लाइफको नगद लाभांश घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ६

काठमण्डौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांंश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने घोषणा गरेको हो ।

पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश घोषणा गरेको हो । संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट आफ्ना चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *