काठमाण्डौँ । नेपाली क्रिकेटप्रेमीका लागि रोमाञ्चक अवसर ल्याउँदै सिजी ब्रान्डले आईसीसी टी–२० विश्वकपसँग जोडिएको विशेष उपहार योजना सार्वजनिक गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा नेपालको सर्वाधिक विश्वासिलो ब्रान्ड सिजीले ‘सिजीको साथमा, विश्वकप टिकट हातमा’ र ‘लेभल अप विथ सिजी’ भन्ने मूल नारासहित यो योजना सार्वजनिक गरेको हो ।
आगामी आईसीसी टी–२० विश्वकपको उत्साहलाई थप उचाइमा पुर्याउने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत ग्राहकहरूले सिजी ब्रान्डका विभिन्न उत्पादन खरिद गर्दा पक्का उपहार प्राप्त गर्नुका साथै बम्पर उपहारमा मुम्बईमा आयोजना हुने टी–२० विश्वकपमा नेपालको खेल प्रत्यक्ष हेर्ने सुवर्ण अवसर जित्न सक्नेछन्। कम्पनीका अनुसार यस योजनाले क्रिकेटको उत्सवलाई घरघरमा जोड्ने लक्ष्य लिएको छ।
सिजीले जानकारी दिएअनुसार बम्पर उपहारका विजेताहरूले मुम्बईको पाँच दिने पूर्ण भ्रमण प्याकेज प्राप्त गर्नेछन्। यस प्याकेजमा दुईतर्फी हवाई टिकट, तारे स्तरको होटेलमा बसाइ तथा खानपिनको सम्पूर्ण व्यवस्था, मुम्बई सहर भ्रमण र मुम्बईको वानखेडे रङ्गशालामा हुने नेपालको खेलको टिकट समावेश गरिएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्