|
२०८२ पुष १
काठमाण्डौँ । मंगलबार सेयर बजार १८.३७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६१९ अंकमा कायम भएको छ । बन्द हुँदाको यो अंक नै दिनभरको लागि उच्चतम रह्यो । आज बजार खुलेपछि कुनै पनि समय नेप्से रातो हुन पाएन ।
१८७ कम्पनीको मूल्य बढ्दा ६१ को घट्यो भने ११ को स्थिर रह्यो । अघिल्लो दिन ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडको भयो ।
व्यापारबाहेक सबै समूहका सूचक बढेका छन् । व्यापार ०.०१ प्रतिशत घट्यो । बैंकिङ ०.३५, विकास बैंक १.५६, फाइनान्स ०.४१, होटल तथा पर्यटन १.४९, जलविद्युत् ०.७७, लगानी ०.६८, जीव बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.८६, निर्जीवन बीमा ०.८९ तथा अन्य समूह १.१५ प्रतिशत बढे ।

दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्