साताको पहिलो दिन आइतबार सेयर बजार २६ सयभन्दा तल झर्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २८

काठमाण्डौँ । साताको पहिलो दिन आइतबार सेयर बजार २६ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा १२.५० अंक घट्दै नेप्से परिसूचक २५९४ अंकमा झरेको हो । बजार करिब दिनभरजसो ओरालोमा रह्यो ।

कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ४ अर्बको भयो । ५६ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ६ को स्थिर रह्यो ।

सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ समूह स्थिर रह्यो । विकास बैंक ०.३४, फाइनान्स ०.७८, होटल तथा पर्यटन ०.८८, हाइड्रोपावर ०.९३, लगानी ०.६५, जीवन बीमा ०.८७, उत्पादन तथा प्रशोधन ०.७२, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा ०.२९, अन्य ०.४८ तथा व्यापार ०.५९ प्रतिशत घटे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल छन् । त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको ४.७० प्रतिशत मूल्य बढ्यो ।

सिटी होटलको मूल्य सबैभन्दा धेरै ६.२६ प्रतिशत घट्यो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *