आरम्भ चौतारी लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा लाभांश नदिने

DaksuMedia दाक्सु मिडिया
|
मंसिर २६, २०८२

काठमाण्डौँ । आरम्भ चौतारी लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश नदिने भएको छ।

कम्पनीको मङ्सिर २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गरिएका वित्तीय विवरणहरुमा बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त भएमा सो समेत समावेश गरी आगामी वार्षिक साधारण सभामा पारितरस्वीकृतको लागि पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *