काठमाण्डौँ । नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई प्राइभेट इक्विटी एन्ड भेन्चर्स क्यापिटल (पीईभीसी) को लाईसेन्स प्रदान गरेको छ। धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ मा भएको व्यवस्था अनुसार थप ५ कम्पनीलाई पीईभीसीको लाईसेन्स दिएको हो ।
पीईभीसीको लाइसेन्स पाउनेमा मोघा इनफ्राब्लाक्स प्राइभेट लिमिटेड, म्याभरिक कौटिल्य भेन्चर, टिम पार्टनर्स फण्ड लिमिटेड, एपेक्स फन्ड्स लि., र मल्टिप्लाई क्यापिटल म्यानेजमेन्ट लि.रहेका छन् । यी मध्ये मोघा इनफ्राब्लाक्स र म्याभरिक कौटिल्य भेन्चरले २ महिना अघि नै लाईसेन्स पाएका हुन् भने बाँकिले यहि मङ्सिर महिनामा लाईसेन्स पाएका हुन् ।
मोघाले जलविद्युत तथा सोलार जस्ता नवीकरणीय उर्जाको क्षेत्रमा मात्र लगानी गर्ने बताएको छ। यसले सिंगापुरबाट र नेपाल भित्रबाट पनि फण्ड जुटाउने योजना बनाएको छ। यस कम्पनीमा मोघा इनर्जीको मुख्य लगानी रहेको छ।
एपेक्सको अध्यक्षमा नबिल बैंकका निवर्तमान सीइओ ज्ञानेन्द्र ढुंगाना छन् । टिम पार्टनर्स फण्ड लिमिटेडमा टिम भेन्चर्स समूहको लगानी छ । थप ५ कम्पनीलाई लाईसेन्स दिएसंगै नेपालमा लाईसेन्स प्राप्त पीईभीसीको संख्या १८ पुगेको छ । अझै ३२ वटा कम्पनी पीईभीसीको लाईसेन्स माग्दै धितोपत्र बोर्डको पाईपलाइनमा छन् ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्