लक्ष्मी सनराइज बैंकको १० प्रतिशत बोनस शेयर घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १९

काठमाण्डौँ । लक्ष्मी सनराइज बैंकले शेयरधनीहरूका लागि १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को नाफाबाट कुल चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश अनुसार बैंकले २ करोड ४३ लाख ४६ हजार ५१२ युनिट बोनस शेयर वितरण गर्नेछ भने नगद लाभांशका लागि १२ करोड ८१ लाख ३९ हजार ५३८ रुपैयाँ खर्च गर्नेछ ।

प्रस्तावित लाभांश १४ पौस, २०८२ मा बस्ने २५औं साधारणसभाबाट पारित भएपछि नियामक राष्ट्र बैंकबाट स्वीकृत भएपछि वितरण हुनेछ । हाल बैंकको चुक्ता पुँजी २४ अर्ब २४ करोड ६५ लाख १२ हजार रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *