सिटिजन्स बैंकले ल्यायो युवामैत्री ‘जेन-जी सेभिङ्ग अकाउन्ट

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ८, २०८२

काठमाण्डौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले युवालाई लक्षित गर्दै ‘जेन–जी सेभिङ्ग अकाउन्ट’ सार्वजनिक गरेको छ । बैंकका सीईओ गणेशराज पोखरेलले मंसिर ८ गते कर्पोरेट कार्यालयमा विशेष समारोहमार्फत खाताको शुभारम्भ गरे ।

यो खाताले विद्यार्थी, फ्रीलान्सर, क्रिएटर तथा डिजिटल प्लेटफर्ममा सक्रिय युवालाई लक्षित गर्दै न्यूनतम १०० रुपैयाँमै खाता खोल्ने सुविधा र ३।०२५ वार्षिक ब्याज प्रदान गर्नेछ।

पहिलो वर्ष चेकबुक, डिम्याट, सि–आश्वा कमिशन र रेजिष्ट्रेशन निःशुल्क उपलब्ध हुनेछ। साथै, एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ सबै सेवा एकैपटक लिँदा मात्र ५०० रुपैयाँमा बन्डल्ड डिजिटल सेवा पाउने विशेष सुविधा पनि राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *