आइतबार सेयर बजार २६०० अंक पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ७

काठमाण्डौँ। साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३९.९२ अंक बढेको छ ।

सो वृद्धिसँगै नेप्से २६०० अंकमा पुगेको छ । कारोबार सुरु भएपछि नै उकालो लागेको नेप्से दिनभर हरियो रह्यो । कुल २३७ कम्पनीको मूल्य बढ्दा १८ को घट्यो भने २ को स्थिर रह्यो ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन बिहीबार ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ६ अर्ब २८ करोडको भयो । लगानी र जीवन बीमा समूह २ प्रतिशतभन्दा धेरै बढे ।

बैंकिङ १.३६, विकास बैंक १.८४, फाइनान्स १.६१, होटल तथा पर्यटन १.५७, जलविद्युत् १.३३, लगानी २.०३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स १.८३, निर्जीवन बीमा १.९९, अन्य १.१८ तथा व्यापार ०.२५ प्रतिशत बढेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *