|
२०८२ मंसिर ४
काठमाडौँ । एनआईसी एशिया बैंकले हिजोदेखि लागू हुने गरी प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावललाई नियुक्त गरेको छ। बैंकका अनुसार रावलसँग बैंकको आधिकारिक सूचना तथा जानकारीका लागि मोबाइल ९८५१२३१३३२ वा कार्यालय नम्बर ०१-५९७०१०१ मार्फत सम्पर्क गर्न सकिनेछ।
यस्तै, बैंकको प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत तथा कम्पनी सचिव कमल खड्कालाई नियुक्त गरिएको छ। बैंकिङ सेवासम्बन्धी कुनै पनि गुनासो खड्काको मोबाइल ९८०१९७७९३६, कार्यालय फोन ०१-५९७०१०१, वा इमेल gunaso@nicasiabank.com मा सम्पर्क गरी पेश गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्