सोमबार नेप्से ९.७८ अंकले बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १

काठमाण्डौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.७८ अंकले बढेको छ । सोमबार बजार परिसूचक बढेर २५५०.३६ विन्दुमा पुगेको हो ।

आज कुल ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । आज बजारमा ३३५ विभिन्न कम्पनीका स्क्रिप्टका ६१ भन्दा बढी कारोबार भएका छन् । यो कारोबार रकम अघिल्ला केही कारोबार दिनहरु भन्दा सामान्य बढी हो ।

बजारमा १६७ कम्पनीको मूल्य बढेको छ । ७६ कम्पनीको मूल्य घट्दा १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

बजारमा आज ११ समूहका सूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंकमा १।५० प्रतिशत र हाइड्रोमा १.०७ प्रतिशत वृद्धि भएका छन् । निर्जीवन बीमा र अन्य समूहका सूचक भने घटेका छन् ।

आज सबैभन्दा धेरै कमाउने कम्पनीहरूमा बन्दीपुर केबलबार अग्रस्थामा रह्यो । उक्त कम्पनीको मूल्य १० प्रतिशतले बढेर ४५८.८० रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *