काठमाण्डौँ । एनसेल फाउन्डेसनले यस वर्ष पनि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिने प्रत्येक चौका वापत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री प्रदान गर्ने भएको छ ।
गत वर्ष एनपीएलसँगको साझेदारी अन्तर्गत २ हजार ६ सय १२ विद्यार्थीहरु लावान्वित भएका थिए ।
त्यस्तै एनसेल फाउन्डेसनले यस वर्ष पनि यो साझेदारीलाई निरन्तरता दिएको हो । गत वर्ष एनपीएलका खेलहरूमा कुल ६५३ चौका हानिएका थिए । क्रिकेटको रोमाञ्चकता शिक्षासँग जोडिएको यो कार्यक्रमका २ हजार ६ सय १२ सहित एनसेलले देशभरका ९ हजारभन्दा बढी विद्याथीहरुलाई शैक्षिक सामग्री वितरण गरिसकेको छ।
क्रिकेटदेखि कक्षाकोठासम्मको यस नवीन पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउने विश्वास लिएको छ।
विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीहरु जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुन्छन्। यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्