सामुदायिक लघुवित्तको शेयर स्वामित्व संरचना परिवर्तन हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १

काठमाण्डौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ।

साविकको सामुदायिक लघुवित्त र बीपीडब्लू लघुवित्त मर्ज भएर बनेको संस्थाको हाल संस्थापकको ६१.११ प्रतिशत र सर्वसाधारणको ३८.८९ प्रतिशत स्वामित्व रहेको छ।

कम्पनीले संस्थापक समूहको ८.६५ प्रतिशत शेयर सर्वसाधारण समूहमा सार्ने तयारी गरेको छ। यस परिवर्तनपछि संस्थापकको स्वामित्व ५३.७२ प्रतिशत र सर्वसाधारणको ४६.२८ प्रतिशत हुने कम्पनीले जनाएको छ।

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भइसकेकोले संस्थापक समूहबाट सर्वसाधारणमा जान नचाहनेले ३५ दिनभित्र लिखित निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *