गभर्नरले अर्थमन्त्रीलाई राष्ट्र बैंकको वार्षिक प्रतिवेदन बुझाए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अर्थमन्त्री रामेश्वर खनाललाई पेश गरेको छ। आइतबार गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले अर्थमन्त्री खनाललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

गभर्नर पौडेलका अनुसार प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ को समग्र आर्थिक अवस्था, राष्ट्र बैंकले सम्पन्न गरेका प्रमुख कार्यहरू, तथा आगामी वर्षका लागि मौद्रिक र वित्तीय नीतिको दिशाबारे विस्तृत विवरण समावेश गरिएको छ।

साथै, विश्वव्यापी आर्थिक परिवेशले नेपालको अर्थतन्त्रमा पारेको प्रभावको विश्लेषणसमेत प्रतिवेदनमा समेटिएको छ।

राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा केन्द्रीय बैंकको वित्तीय विवरण तथा विभिन्न नीतिगत गतिविधिको समीक्षा समेत रहने गर्नुभएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Miranda3881

    November 16, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *