राष्ट्र बैंकका एक दर्जन कार्यकारी निर्देशकको सरुवा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १८

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकका एक दर्जन कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको छ । बैंकका गभर्नर विश्वनाथ पौडेलले एक दर्जन कार्यकारी निर्देशकको सरुवा गरेका हुन् ।

गभर्नरले सोमबार निर्णय गर्दै बुधबारदेखि कार्यान्वयन हुने गरी ११ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेको बैंकले जनाएको छ । गभर्नर कार्यालयका अनुसार जिम्मेवारी हेरफेर भएका कार्यकारी निर्देशकमध्ये मौद्रिक व्यवस्थापन विभागका दयाराम शर्मा पङ्गेनी गभर्नरको कार्यलयमा तानिएका छन् । त्यसैगरी बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेका गुरु पौडेल मानव संसाधन व्यवस्थापन विभागमा सरुवा भएका छन् ।

केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका रेवतीप्रसाद नेपाल सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको जिम्मामा दिइएको केन्द्रीय बैंकले जनाएको छ । साथै मानव संशाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक विश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षण विभागको जिम्मा दिइएको छ ।

राष्ट्र बैंकको प्रवक्ता समेत रहेका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक किरण पण्डितलाई विदेशी विनिमय विभागको जिम्मा तोकिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *