मंगलबार सेयर बजार फेरि २६ सयभन्दा तल झर्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १८

काठमाण्डौँ । सेयर बजार फेरि २६ सयभन्दा तल झरेको छ । मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.६४ अंक घटेसँगै २५९५ मा कायम भएको छ ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ५ करोडको कारोबार भएकोमा आज ५ अर्ब १५ करोडको भयो । ३३ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ३ को स्थिर रह्यो ।

सबै समूहका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै २।२१ प्रतिशत घट्यो । बैंकिङ ०.६६, विकास बैंक १.४७, होटल तथा पर्यटन ०.९३, हाइड्रोपावर १.२१, लगानी ०.८७, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा १.२१, अन्य १.८१ तथा व्यापार ०.११ प्रतिशत घटे ।

आजबाट कारोबार भएको माबिलुङ इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *