काठमाडौं । २०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट नेपाल आएका चिनियाँ नागरिक ली हानसङको लगेजबाट ७३० थान भेप भेटिए, जसमा झण्डै ८ करोड ५५ लाख रुपैयाँ बराबरको सुन लुकाइएको थियो। त्रिभुवन विमानस्थलका भन्सार प्रमुख मुक्तिप्रसाद श्रेष्ठले जफत आदेश दिएपछि भेप जाँचपास गराउन विभिन्न राजनीतिक तथा प्रशासनिक दबाबहरू आएका थिए।
पछिल्लो अनुसन्धानमा ती भेपबाट करिब ९ किलो सुन निकालिएको पत्ता लागेको छ। सुन निकाल्न त्रिभुवन विमानस्थलका कर्मचारी, भन्सार एजेन्ट, सुरक्षागार्ड, कार्गो एजेन्टसहित एक गिरोह सक्रिय रहेको खुलेको छ।
सुन लुकाइएको भेपलाई मुद्दा शाखाबाट कोठा नं. १११ मा सारेर सुन निकालिएको हो। निकालिएको सुन काठमाडौंका सुन व्यापारी राज मरग मार्फत बेचेको देखिन्छ।
यो प्रकरणमा सुरक्षागार्ड निर्मलकुमार विकले भेप चोरिएकाे थाहा पाएपछि सुन भएको खुलासा भएको हो। विकले चोरेको भेप खोल्दा भित्र सुन भेटेपछि थप सुन निकाल्ने योजना बनेको थियो।
अनुसन्धानमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा, चिनियाँ तस्कर वाङ, लुई, भन्सार एजेन्ट खुवाप्रसाद न्यौपाने, र श्यामसुन्दर साहसहितको संलग्नता भेटिएको छ। राहुल र वाङबीच मात्र १९५ पटक टेलिफोन सम्पर्क भएको देखिन्छ।



दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्