प्रधानमन्त्री देउवा र मोति बिच भेटवार्ता : देउवा भारत भ्रमणको तीब्र तयारीमा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष १९

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणकोतीब्र तयारी भएको छ। देउवाको भ्रमणका लागि परराष्ट्र मन्त्रालय र दुवै देशका दूतावास आन्तरिक गृहकार्यमा जुटेका छन्। भारत भ्रमणमा रहेकी कांग्रेस केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणाले समेत राजनीतिक भेटघाट गरेकी छन्।

१० औं ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुन देउवा भारत भ्रमणमा जान लागेका हुन्। उक्त सम्मेलन गुजरातको गान्धीनगरमा जनवरी १० देखि १२ (पुस २६ देखि २८)सम्म हुँदै छ। त्यसका लागि प्रधानमन्त्री देउवाको भ्रमणतालिका र व्यवस्थापनको काम भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

परराष्ट्रका एक अधिकारीले प्रधानमन्त्रीको भ्रमणबारे भने, ‘भ्रमण करिब तय भइसकेको छ। मन्त्रिपरिषद्ले निर्णय गर्न बाँकी छ।’ प्रधानमन्त्रीनिकट स्रोतका अनुसार उक्त सम्मेलनलाई लक्ष्य गरी भ्रमणमा जान लागे पनि उता पुगेर को–कोसँग भेट गर्ने भन्ने तय भइसकेको छैन।

भ्रमणका विभिन्न एजेन्डामध्ये केही टुंगो लागिसकेको मन्त्रालयले जनाएको छ। कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविन्दसँग सम्भवतः भ्रमणको पहिलो दिन नयाँ दिल्लिमा भेटवार्ता गर्नेछन्। यसअघि गत कात्तिक १६ मा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ स्कटल्यान्डमा देउवा र मोदीबीच भेट भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *