नामिबिया टी–ट्वान्टी विश्वकपको सुपर- १२ मा प्रवेश

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक ६

काठमाडौँ- नामिबिया पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर- १२ मा प्रवेश गरेको छ ।

यूएईमा शुक्रबार आयरल्याण्डलाई हराउँदै नामिबिया पहिलो पटक सुपर-१२ मा पुगेको हो ।

समूह चरणको आफ्नो अन्तिम खेलमा नामिबियाले ८ विकेटको जित निकाल्यो ।

१ सय २६ रनको सामान्य लक्ष्य नामिबियाले ९ बल अगावै २ विकेट गुमाएर पुरा गर्‍यो । नामिबियालाई जित दिलाउन कप्तान गेरहार्ड इरास्मसले ५३ रनको अविजित पारी खेले । आयरल्याण्डका कर्टिस कापरले दुई विकेट लिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *