१०९६ जनामा कोरोना संक्रमण पुष्टि, थप १२ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक २

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १४० जनाको पीसीआर परीक्षणमा ९५७ र १ हजार ७७६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १००४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब १ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *