नेप्सेमा उच्च गिरावट रोकिएन, मंगलबार ७७ अङ्कले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक २

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि उच्च अङ्कले घटेको छ । हिजो झन्डै ७० अङ्कले घटेको नेप्से आज ७७ दशमलव ३३ अङ्कले घटेर दुई हजार पाँच सय १० दशमलव ७३ विन्दुमा झरेको छ । 

आज केहीबेर नेप्से एक सय अङ्कभन्दा धेरैले घटेर २५ सय विन्दुभन्दा तल झरे पनि बन्द हुने बेलामा २५ सय विन्दुभन्दा माथि पुगेर रोकिएको हो । 

आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । 

आज दुई सय २१ कम्पनीको शेयर कारोबार भएकोमा दुई सय ११ वटा कम्पनीको शेयर घटेको छ । नेपाल हाइड्रो डेभलपर्स र नेशनल हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे भए पनि माहुली सामुदायिक र मानुषी लघुवित्त कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज ९५ लाख ७२ हजार कित्ता शेयर तीन अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *