महानवमी र टिकाका दिन बन्द गरिएको मनकामना केबुलकार आजदेखि सञ्चालनमा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन ३०

काठमाडौं । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ। नेपालीको महान् चाड बडादशैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आज (शनिवार) देखि नियमित सञ्चालनमा आएको हो।

विगतका वर्षमा दशैँमा तीन दिन बन्द गरिँदै आएकोमा यो वर्ष भने महानवमी र विजयदशमी दुई दिनमात्र बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्जवल शेरचनले बताए।

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द भएपछि २०७८ भदौ २३ गतेदेखि खुलेको हो। गत भदौ २३ देखि असोज २७ गतेसम्म ५५ हजार मानिसले केबुलकारबाट सेवा लिएको नायब महाप्रबन्धक शेरचनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *