२ सय ७२ जना कोरोना संक्रमित थपिए, ८ को मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

४ हजार ७ सय १२ नमूना परीक्षण गर्दा २ सय ७२ जनामा संक्रमण भेटिएको हो । यस्तै, गएको २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको ज्यान गएको छ भने ७ सय ७७ जना निको भएर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १३ हजार ३ सय ८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *