करिब ६ सय जनाका लागि प्रहरीमा खुल्यो जागिर (सूचनासहित)

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २२

काठमाडौं – नेपाल प्रहरीले करिब ६०० संख्यामा जागिर खुलाएको छ। जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक (प्रसनि) र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा दरखास्त आह्वान गरेको छ।

प्रहरी प्रधान कार्यालयको सूचना अनुसार प्रहरी सहायक निरीक्षकमा ३६७ जना माग गरिएको छ। प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ। प्रसनिका लागि ३०० र प्रहरी जवानलाई १५० रूपैयाँ दस्तुर लाग्ने जनाइएको छ।

उक्त पदहरुमा कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिइसक्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *