मध्यभोटेकोशीको आईपीओ आजदेखि विक्री खुला, आवेदन कति दिने ?

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २०

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सर्बसाधारणलाई आज (बुधबार) देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कसान (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्बसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो।

पछिल्लो समय सेयरमा आवेदन दिनेको संख्या बढ्दो क्रममा रहेको छ। हाल सेयर निष्कासन गरेको कम्पनीको सेयरमा मागभन्दा पाँच गुणासम्म बढी आवेदन पर्न थालेको छ। हाल आवेदकलाई गोलाप्रथामार्फत सेयर वितरण गर्ने नियम अनुसार कम्पनीको सेयर करिब ९ लाख जनाले १० कित्ताका दरले पाउनेछन्। त्यसैले कम्पनीको सेयरमा १० कित्तामात्र आवेदन दिनु उचित देखिन्छ।

कम्पनीले आयोजना जिल्ला सिन्धुपाल्चोक र आयोजनाको प्रभाव क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर यसअघि नै बाँडफाँड गरिसकेको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आयोजना प्रभावित र स्थानीयका लागि १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्कासन गर्न स्वीकृति पाएको थियो। जसमध्ये आयोजना प्रभावित क्षेत्र र जिल्लाका वासिन्दालाई ६० करोड बराबरको ६० लाख कित्ता सेयर निष्कासन गरेको हो। अब ९० करोड बराबरको ९० लाख कित्ता सेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले यसअघि नै संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी र ऋणदाता कम्पनीका कर्मचारीको लागि सेयर निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ।

कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिने विक्री प्रबन्धक ग्लोबल आईएएमई क्यापिटलले जनाएको छ। नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति लिएको बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आईपीओमा लगानी गर्न सकिनेछ।

नेपाल विद्युत प्राधिकरणबाट प्रवद्र्धित चिलिमेको सहायक कम्पनीमध्ये भोटेकोशीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *