|
२०७८ आश्विन १५
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले संविधान जारी हुनबाट रोक्ने विभिन्न चलखेल भएको स्मरण गराएका छन् ।
पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले विभिन्न विषय झिकेर संविधान जारी हुनबाट रोक्ने आन्दोलन भएका स्मरण गराएका हुन् ।
‘संविधान जारी हुनबाट रोक्न वाह्य हस्ताक्षेप भित्र्याइयो । प्रायोजित आन्दोलन भए’, उनले भने, ‘तर, त्यसलाई बेवास्ता गर्दै हामीहरूले संविधानसभाबाट संविधान जारी गर्यौँ ।’
संविधान जारी हुन नदिने विभिन्न शक्ति समूहहरूको चलखेल भएका उनको भनाइ छ ।
उनले संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीको डटेर सामना गरेको भन्दै त्यसबेला काँग्रेस लगायतका दलहरुले नाकाबन्दीलाई नाकाबन्दी नै भन्न नसकेको समेत आरोप लगाए ।
विभिन्न आरोह अवरोह सहेर एमाले पार्टी यहाँसम्म आएको बताए ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्