टिकटक बनाउँदा सेतीमा खसेकी किशोरीको शव भेटियो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन ५

तनहुँ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर बेपत्ता भएकी तनहुँकी एक किशोरीको शव भेटिएको छ ।

२९ भदौमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर बेपत्ता भएकी शुक्लागण्डकी नगरपालिका-८ लालिमकी १९ वर्षीया पवित्रा लम्सालको शव मंगलबार भेटिएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

लम्सालको शव एक हप्तापछि भिमाद नगरपालिका-७, सिस्नेरी घाटमा भेटिएको हो । उनी शुक्लागण्डकी नगरपालिका-८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा सेतीमा खसेकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *