आजको मौसम कस्तो छ?

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन १०

काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै आज नेपालमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार हाल देशका केही पहाडी भूभागमा आंशिक बदली भइरहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी महाशाखाले आज दिउँसो र राति मौसममा सामान्य र आंशिक बदली भइ अन्य भागमा मौसम सफा रहने जनाएको छ । आज दिउँसो प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, आज राति प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *