आगामी तीन दिन कस्तो रहला मौसम ?

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन ९

काठमाडौँ : नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाले जनाएको छ । हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा रहेको छ ।

आइतवार प्रदेश १ को पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने मौसमविद्हरुको पूर्वानुमान छ । सोमवार प्रदेश १, गण्डकी र सुदुर पश्चीम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

मंगलवार देशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदुर पश्चिम प्रदेशका पहाडि भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *