एमालेले आजको संसद अवरोध गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र २३

काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति रोष प्रकट गर्दै संघीय संसद् अधिवेशन चल्न नदिने भएको छ ।

एमालेले कारबाही गरेका १४ सांसदलाई निष्कासन नगरेकाप्रति आपत्ति जनाउँदै आएको एमाले संसदीय दलको बैठकले अधिवेशन चल्न नदिने भएको हो ।

एमालेले निष्कासनका लागि सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरेको प्रसंग जोड्दै एमाले अध्यक्ष केपी ओलीले ‘गैरसांसदलाई संसद् भित्र प्रवेश गराएमा’ संसद्मा अवरोध गर्ने घोषणा गरेका छन् । 

अपरान्ह ४ बजे संसद् अधिवेशन बस्नुअघि नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले सो निर्णय गरेको हो । संसद्को नवौं अधिवेशन आजबाट सुरु हुँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *