अमेरिकामा आएको बाढीमा परेर सोलुखुम्बुका तीन जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १८

काठमाडौं । अमेरिकाको न्यु योर्कमा आएको बाढीमा परेर तीन जना नेपालीको ज्यान गएको छ ।

न्यु योर्कमा बस्दै आएका सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–२ जुनबेसीका एकै परिवारका तीन जनाको ज्यान गएको युनाइटेड शेर्पा एसोसिएशन (यूएसए)ले जनाएको छ ।

बाढीका कारण आङ गेलु लामा, उहाँकी श्रीमती मिङ्मार शेर्पा र १९ महिने छोरा लोप्साङ लामाको ज्यान गएको हो एसोसिएशनले जनाएको छ । सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाले पनि उनीहरुको ज्यान गएको पुष्टि गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *