बुधबार नेपालमा थप २ हजार ५२ जनामा कोरोना संक्रमण, निको कति भए ?

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १६

काठमाडौँ । बुधबार नेपालमा थप २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६१२ पीसीआर परीक्षण गर्दा १ हजार ६४८ जनामा र ४ हजार ३२३ एन्टिजेन परीक्षण गर्दा ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ७७० पुगेको छ।

बुधबार ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३४ हजार १८९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा थप ७१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जनामा संक्रमण पुष्टि भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *