जनकपुरधाम । प्रदेश २ सरकारका दुई मन्त्रीलाई हेफेर गरिएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रीको जिम्मेवारी दिएका छ ।
भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्री शैलेन्द्रप्रसाद साहलाई आर्थिक मन्त्रालयको जिम्मेवारी दिएको छ । जिम्मेवारी हेरफेरप्रति विजय यादवले भने असन्तुष्टि जनाएका छन् ।
प्रदेश सरकारको कामकारबाहीलाई चुस्तदुरुस्त बनाउन मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको निर्वतमान आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।
दुवै जना जसपाबाट मन्त्री बनेका हुन्। मन्त्रीद्वयको जिम्मेवारी किन हेरफेर गरिएको भन्ने कारण खुल्न सकेको छैन।
सरकार निर्माणकै चरणमा मन्त्री यादवले मुख्यमन्त्री दावी गरेका थिए। उनी जसपा प्रदेश २ का अध्यक्ष हुन्। उनले जसपा संसदीय दलको नेता र मुख्यमन्त्री बन्ने चाहना राख्दै आएका छन्।
पछिल्लो समय मुख्यमन्त्री राउत र अर्थमन्त्री रहेका यादवबीच खटपट हुँदै आएको छ।
प्रदेश २ मा हाल जसपा, नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकार छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्