त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ५

 

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार ज्ञानेन्द्र मल्लको  कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरेको हो। 

टोलीमा बलर गुलशन झाले पहिलो पटक स्थान बनाएका छन्। उनलाई मेयर्स कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेकाे आधारमा टोलीमा स्थान दिइएको हो।

सिरिज खेल्ने नेपाली टोली आगामी मंगलबार सलाम एयरबाट ओमान प्रस्थान गर्ने क्यानले जनाएको छ।

वर्ल्डकप लिग–२ अन्तर्गत ओमानमा हुने प्रतियाेगितामा घरेलु टिमसहित अमेरिकाविरुद्धको एकदिवसीय सिरिजको तयारीमा रहेको नेपालले त्यसअघि पपुवा न्यूगिनीसँग २० र २३ भदौमा खेल्नेछ। लिग-२ अन्तर्गतको उक्त प्रतियोगिता २८ भदौदेखि ४ असोजसम्म ओमानमा नै हुँदै छ।

पपुवा न्यूगिनीसँगको दुई खेलमध्ये पहिलो खेल दिउँसो हुनेछ भने दोस्रो खेल ‘डे/नाइट’ हुने क्यानले जनाएको छ। 

पूर्वकप्तान पारस खड्काले सन्यासको घोषणा गरेपछि यो नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *