माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ५

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ। शनिबार दिउँसो २ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा यसअघि केन्द्रीय समितिबाट पारित निर्णयका विषयमा छलफल हुनेछ।

केहीदिन अघि सम्पन्न माओवादीको केन्द्रीय कमिटी बैठकले पुस १३–१५ मा राष्ट्रिय भेला गर्ने प्रचण्डको प्रस्ताव पारित गरेको थियो।

यस्तै, २२ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको थियो। तत्कालीन नेकपा हुँदा २०० केन्द्रीय सदस्यमध्ये केही एमालेमा प्रवेश गरेका र अन्य विविध कारणले रिक्त भएका केन्द्रीय सदस्य हप्ता दिनभित्रै थप गर्न स्थायी समितिलाई जिम्मा दिने बैठकले निर्णय गरेको थियो।

त्यसमा युवासहित समानुपातिक समावेशीका आधारमा थपिने भनिएको छ। प्रदेश समितिहरुका केही रिक्त पदाधिकारीसमेत तत्काल थप गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो।

केन्द्रीय कमिटी बैठकले जिल्ला समितिहरू खारेज गरेको थियो। अब जिल्ला समन्वय समिति बनाउने माओवादीको योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *