आजको मौसम

DaksuMedia दाक्सु मिडिया
|
मंसिर १०, २०८३

काठमाडौं । देशभर उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहे पनि तराईका अधिकांश भूभागमा हुस्सु तथा तुवाँलो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँके र दाङसहित तराईका विभिन्न स्थानमा तुवाँलो देखिएको छ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशीका हिमाली तथा पहाडी क्षेत्रसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली हुने अनुमान छ ।

भोलि बिहान काठमाडौं उपत्यका, खोँच तथा तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *