दानबहादुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

DaksuMedia दाक्सु मिडिया
|
मंसिर १०, २०८३

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले तत्काल आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो ।

सरकारको निर्णयअनुसार आईजीपी नियुक्त भएका डा. मनोजकुमार केसीले कार्यभार सम्हालिसकेको अवस्थालाई समेत अदालतले ध्यान दिएको छ ।

यद्यपि, रिटमा उठाइएका कानुनी विषयको शीघ्र निरुपण गर्न सर्वोच्चले आदेश दिएको छ । लिखित जवाफ प्राप्त भएको वा त्यसको अवधि सकिएको सात दिनभित्र मुद्दा सुनुवाइका लागि पेस गर्न पनि अदालतले निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *