|
मंसिर १०, २०८३
काठमाडौं । कतारमा आयोजित एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
बुधबार राति नेपाल आइपुगेको टोलीले प्रतियोगितामा तीन खेल खेल्दै दुईमा हार र एकमा जित निकालेको थियो । नेपाल भारत ‘ए’ र पाकिस्तान ‘ए’सँग पराजित हुँदा यूएईलाई हराउन सफल भएको थियो ।
अब नेपाली टोली मंसिर १८ देखि पुस ६ गतेसम्म नेपालमै आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्वालिफायर प्लेअफको तयारीमा जुट्नेछ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्