|
मंसिर ४, २०८३
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुने भएको छ।
बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो।
साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम लगातार दोस्रो पटक उपाधिका लागि आमनेसामने हुन लागेका हुन्। यस सिजन लिग चरण र पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई हराइसकेको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्