एमालेको राष्ट्रिय भेला आज, अध्यक्ष ओलीले उद्घाटन गर्ने

DaksuMedia दाक्सु मिडिया
|
मंसिर २, २०८३

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजे सुरु हुने भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।

भेलामा पार्टीको आगामी राजनीतिक रणनीति, स्थानीय तह निर्वाचनको तयारी तथा संगठनात्मक कामलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ। कार्यक्रममा केन्द्रीयदेखि स्थानीय तहसम्मका नेता तथा जनप्रतिनिधिको सहभागिता रहने एमालेले जनाएको छ।

भेलालाई अध्यक्ष ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *