|
कार्तिक ३०, २०८३
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने र तराईमा तुवाँलो देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशीका पहाडी तथा हिमाली भेग र गण्डकीको हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। अन्य अधिकांश स्थानको मौसम भने सफा रहने अनुमान गरिएको छ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्